वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल ७ हजार ९६ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
आज १ हजार २७२ जना डिस्चार्ज हुँदा यो अवधिमा ४ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij