सर्लाही । सर्लाहीको बागमती नगरपालिका नेकपा एकीकृत समाजवादीको अध्यक्षमा जय गोले चयन भएका छन् । शनिवार कर्मैयामा आयोजित नगर भेलाले गोलेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
प्रचार विभाग प्रमुख चूडामणि वाग्लेका अनुसार कमिटीको उपाध्याक्षमा कमला पोखरेल र रामप्रसाद महतो, सचिव राजकुमार विश्वकर्मा र सहसचिव राजकुमार खड्का एवं रमेश खपांगी छन् । एकीकृत समाजवादीले सर्लाहीका विभिन्न पालिकामा आफ्ना कमिटीहरु विस्तार गर्ने क्रममा आज वागमतीमा भेला गरिएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij