काठमाडौं । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिडले समान ३–० गोलको जित निकालेका छन्। रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा तीन गोल गर्दै पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनियर र करिम बेन्जेमाले एक एक गोल गरे ।
अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३–० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेयाले एक एक गोल गरे ।
जितसगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ । यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij