Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

५६ विद्यार्थीलाई न्यानो कपडा

५६ विद्यार्थीलाई न्यानो कपडा

  • 460
    SHARES
  • ५६ विद्यार्थीलाई न्यानो कपडा

    अर्घाखाँची पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-३ मा रहेको गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पोशाक वितरण गरेको छ । न्यानो अभियानअन्तर्गत शिशु कक्षादेखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीलाई कपडा वितरण गरेको संस्थाका सदस्य सन्तोष बन्जाडेले जानकारी दिए ।

    images

    कपडा वितरणका क्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आगामी दिनहरूमा पनि भूमिकास्थान नगरपालिकासँग सहकार्य गरी सहयोगमा जुट्ने प्रतिबद्धता जनाए । कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले पहिलो पाइलाले नगरपालिकासँग सहकार्य गर्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । थापाले आगामी दिनमा पनि नगरभित्र रहेका विपन्नलाई सहयोगका लागि आग्रह गर्ने बताए ।

    वडा अध्यक्ष बालकृष्ण बन्जाडेसहितको उपस्थिति र संस्थाका सहसचिव रमेश पछाईको संचालन रहेको कार्यक्रमको संस्थाकै सदस्य सन्तोष बन्जाडेले संयोजन गरेका थिए । सामाजिक गतिविधिमा सक्रिय यो संस्था यस क्षत्रकै चर्चित सामाजिक संस्था हो । संस्थाले यहि वर्षभित्रै करिब तीन सय विद्यार्थीलाई सहयोग गरिसकेको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology