Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

  • 554
    SHARES
  • पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

    पाकिस्तान । पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् ।

    क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै  जनाएको छ ।

    बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए ।

    केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए । सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो ।

    हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन् ।

    द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनाहरूमा पेशावर र अन्य शहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो ।

    आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij