वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
आज १ हजार ३३८ जना डिस्चार्ज हुँदा यो अवधिमा ४ जनाको निधन भएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij