Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

  • 550
    SHARES
  • नेप्सेमा उच्च अंकको गिरावट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अंकले ओरालो लागेर २ हजार ६ सय ९३ दशमलव १० अंकमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयरलगानीका सम्बन्धमा कडा व्यवस्था गरेपछि त्यसको असर शेयर बजारमा देखिएको हो । आज कूल २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै  शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ९.७३ अंकले उकालो लाग्दा बैंकिङ २५.७५, व्यापार ५६.६७, होटल तथा पर्यटन ४३.७२, विकास बैंक ९१.१५, जलविद्युत् ३१.८६, वित्त ४६.८२, निर्जीवन बीमा २८.७५, उत्पादन १६२.०८, लघुवित्त ६६.२५, जीवन बीमा ३६७.११, सामूहिक लगानी कोष ०.१८ र लगानी १.७२ अंकले ओरालो लागेको छ ।

    आइतबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब १४ अर्ब ४८ करोड ६५ लाख ८० हजार ६१९ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीक ५९ करोड २ लाख २३ हजार ४५० बराबरको कारोबार भयो ।

    यस्तै नेपाल दूरसञ्चार प्राधिकरण १९ करोड २ लाख ९६ हजार १५०, अरुण भ्याली हाइड्रोपावर १७ करोड १२ लाख ६७ हजार ९०१, अपि पावर कम्पनी १६ करोड ५९ लाख २२ हजार ८३५ र हिमालयन डिष्टिलरीको १५ करोड ३८ लाख ७९ हजार ८४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार ओरालो लागेको बजारमा युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर ८.६४, सामलिङ पावर ६.५५, नेपाल फाइनान्स ४.१८ र जीवन विकास लघुवित्तका लगानीकर्ताले ३.४९ प्रतिशतले कमाए ।

    यसैगरी नारायणी डेभलपमेन्ट बैंक ४.७४, युनाइटेड इन्स्योरेन्स ४.६३, रुरु जलविद्युत् परियोजना ४.२३, प्रिमियर इन्स्योरेन्स ४.०३ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३. ८६ प्रतिशतले गुमाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij