Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नुवाकोट पुगेर गरे प्रदेश २ का प्रमुख अहिराजले जिपलाइन

नुवाकोट पुगेर गरे प्रदेश २ का प्रमुख अहिराजले जिपलाइन

  • चैत्र २९, २०७७ आइतवार १७:३३ बजे
  • 1.4K
    SHARES
  • नुवाकोट पुगेर गरे प्रदेश २ का प्रमुख अहिराजले जिपलाइन

    काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजले नुवाकोटमा पुगेर जिपलाइन गरेका छन् । नुवाकोट दरबार परिसरनजिकै रहेको जिपलाइन स्टेशन पुगेर अहिराजले शनिबार अपराह्न जिपलाइन गरेका हुन् ।

    स्थानीय पर्यटन विकास र प्रवद्र्धनका लागि उनले आफू नुवाकोट पुगेर जिपलाइन गरेको प्रतिक्रिया दिएका छन् । अहिराजले जिपलाइन गरेपछि नुवाकोट दरबारक्षेत्रको अवलोकन गर्नुका साथै देवीभैरवी मन्दिरको दर्शन समेत गरेका थिए ।

    १३ सय मिटर लामो नुवाकोटको जिपलाइनको प्रतिघन्टा अधिक रफ्तार १ सय १० किलोमिटर हुने सञ्चालकहरुको भनाइ छ ।

    दरबार एडभेन्चर जिपलाइन रिसोर्टले सञ्चालन गरेको सो जिपलाइन पछिल्लो समय चर्चित बन्दै गएको छ ।

    नुवाकोटको विदुर नगरपालीका २ मा रहेको जिपलाइन १६ पुस ०७६ बाट व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij