Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विहेमा कुटपिट हुँदा एकको मृत्यु

विहेमा कुटपिट हुँदा एकको मृत्यु

  • 496
    SHARES
  • विहेमा कुटपिट हुँदा एकको मृत्यु

    काठमाडौं । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आतइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद भएको थियो । 

    विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्त गम्भीर घाइते भएका थिए । उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij