वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको अनौपचारिक बैठक बसिरहेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij