Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

  • चैत्र ३०, २०७७ सोमवार ०९:२४ बजे
  • 944
    SHARES
  • एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौं । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    आइतबार राति भएको खेलमा रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।

    बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको अंक बाढ्न बाध्य भयो ।

    खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए पनि २०औँ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एट्लेटिको ११ गोलको बराबरीमा रोकियो ।

    बराबरीसँगै एट्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ ।

    रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # ला लिगा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology