वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ९ हजार ४२४ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
आज ८३१ जना डिस्चार्ज हुँदा यो अवधिमा ३ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij