Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सैन्य कारबाहीको घोषणासँगै डोनेट्समा बिस्फोट

सैन्य कारबाहीको घोषणासँगै डोनेट्समा बिस्फोट

  • 446
    SHARES
  • सैन्य कारबाहीको घोषणासँगै डोनेट्समा बिस्फोट

    मस्को । पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको डोनेट्समा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ ओटा शक्तिशाली विष्फोटको आवाज सुनिएको छ। 

    रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आ-आफ्ना घर जान अनुरोध गरेका छन् । 
    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् ।

    वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij