Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता, वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो

यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता, वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो

  • फाल्गुण १३, २०७८ शुक्रवार १९:२२ बजे
  • 403
    SHARES
  • यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता, वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् ।  उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या ५ हजार ३६६ पुगेको छ । 

    नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१ वटा साना रहेका छन् ।  उद्योगमा कूल स्वीकृत विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२ प्रतिशतले वृद्धि भई ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको उद्योग विभागले जनाएको छ । 

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी बोर्ड नेपाल मार्फत एक खर्ब ७ अर्ब ८६ करोड र उद्योग विभाग मार्फत ३० अर्ब ५६ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको हो । 

  • सम्बन्धित विषय:

  • # उद्योग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij