Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न अखिल क्रान्तिकारीको माग 

युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न अखिल क्रान्तिकारीको माग 

  • 741
    SHARES
  • युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न अखिल क्रान्तिकारीको माग 

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युक्रेनमा रहेका सबै नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

    युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु जोखिममा परेकाले तत्कालै सरकारले पहल गरेर उद्धार गर्न अखिल क्रान्तिकारीले माग गरेको हो ।

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शुक्रबार विज्ञप्ति जारी गर्दै विदेशी भूमिमा  रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति, महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउधनको रक्षा गर्ने कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार कार्य गर्न माग गरिएको हो ।

    संकटमा परेका आफ्ना नागरिकलाई 'सुरक्षित रहनुस' भनेर मात्र राज्यले उन्मुक्ति नपाउने उल्लेख गर्दै विज्ञप्तिमा कुटनीतिक र आर्थिक प्रवन्ध गरेर छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij