Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डायलासिस मेसिन चलाउन पहल

डायलासिस मेसिन चलाउन पहल

  • 596
    SHARES
  • डायलासिस मेसिन चलाउन पहल

    इलाम । ‘इलामका सहयोगीदाताहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल गरेको छ । मिर्गौलाको परीक्षणका लागि आवश्यक उक्त मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि ३ वटा उपलब्ध गराइएको थियो ।

    तर, दक्ष जनशक्ति र आर्थिक अभाव कारण उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन । संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अंग प्रत्यारोपणा केन्द्र इलाम अस्पतालका प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको हो ।

    संस्थाका अध्यक्ष रतनलाल चौधरीले मेसिन चलाउन प्रतिमहिना ५ हजार रुपैयाँ पाँच वर्षसम्म दिने घोषणा गरेका छन् । ‘उपकरण भएर पनि प्रयोगमा नआउँदा धेरैले झन्झट खेप्नु परेको छ’, उनले भने, ‘जसरी भएपनि जिल्लामा नै सेवा दिने पहलमा लागेका छौं ।’

    २०७३ सालमा स्थापित सहयोगी हातले न्यून आयस्तर भएका २५० भन्दा धेरैलाई उपचार सहयोग पुर्याइसकेको छन् । संस्थाको कोषमा ४५ लाखभन्दा बढी रकम जम्मा छ । यही कोषमा पछिल्लो पटक स्थानीय मनकुमारी उप्रेतीले ५० हजार सहयोग गरेका छन् ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहले तत्काल एक जना स्वास्थ्यकर्मीलाई तालिमका लागि पठाउने तयारी भइरहेको जनाकारी दिए । यो मेसिन सञ्चालन गर्ने जनशक्ति भए जिल्लावासीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij