Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

  • 538
    SHARES
  • महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

    महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

    नगरपालिकाको कार्यालय नजिकै उक्त वस्तु फेला परेपछि अहिले त्यस ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।

    वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

    झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ । अचानक नगरपालिका नजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij