Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पदकमा वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूलः कांग्रेस सचेतक भुसाल

पदकमा वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूलः कांग्रेस सचेतक भुसाल

  • चैत्र ३०, २०७७ सोमवार १६:३५ बजे
  • 900
    SHARES
  • पदकमा वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूलः कांग्रेस सचेतक भुसाल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदबाट पारित नेपालको नक्सा कार्यान्वयन नगरेकोप्रति सरकारको आलोचना गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले विभूषण वितरणका क्रममा नेपालको वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूल भएको बताइन् ।

    ‘संसदले पारित गरेको वास्तविक नक्सा किन प्रयोग गरिएन । राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने ? प्रधानमन्त्रीजीले यो संसदमा आएर जवाफ दिनुपर्याे’, उनले भनिन् ।

    सरकारले संसदमा कुनै पनि प्रस्ताव ल्याउन नसक्ने तर बाहिर-बाहिर चर्को कुरा गर्ने गरेको भुसालको आरोप थियो ।

    ‘बाहिर राष्ट्रियता र विकासको कुरा गर्ने तर संसदमा कुनै प्रस्ताव नल्याउने । एमसीसीलाई संसदीय प्रक्रियाबाट अगाडि बढाउन सरकारलाई कसले रोक्यो ?’, भुसालले प्रश्न गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij