वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १०६ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
आज देशभर ९२ जना कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७१ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा १ जना आईसीयूमा छन् ।
सुदूरपश्चिम प्रदेशमा ४ जना कोरोना संक्रमणका विरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको स्वस्थ्य मन्त्रालयले जारी तथ्यांकमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij