Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जसपा बैठक जारी,एमसीसीबारे छलफल भएन

जसपा बैठक जारी,एमसीसीबारे छलफल भएन

  • 532
    SHARES
  • जसपा बैठक जारी,एमसीसीबारे छलफल भएन

    काठमाडौं । एमसीसीबारे पार्टीको धारणा स्पष्ट गर्ने विषयमा छलफल गर्न बोलाइएको जनता समाजवादी, पार्टी (नेपाल) (जसपा) को बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ ।

    बैठकमा अहिलेसम्म एमसीसीको विषय छलफल नभएको र आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको विषयमा छलफल भइरहेको डा.बाबुराम भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले वेबटिभी खबरलाई जानकारी दिए ।

    उनको भनाइमा पार्टी निर्वाचन आयोगमा दर्ता गराउने विषयमा सबै नेताहरू सहमत छन् । एमसीसीबारे जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष मौन छन् भने डा.बाबुराम भट्टराई पक्षले संसदबाट पारित गराउनुपर्ने बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij