Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

  • 485
    SHARES
  • युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

    किभ, रासस/सिन्ह्वा ।  युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।

    युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको समाचारमा जनाइएको छ । 

    “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । 

    उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij