Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोना भाइरसः भारतमा शव जलाउने ठाउँको अभावमा सडकमै दाहसंस्कार

कोरोना भाइरसः भारतमा शव जलाउने ठाउँको अभावमा सडकमै दाहसंस्कार

  • चैत्र ३०, २०७७ सोमवार १६:२० बजे
  • 1.0K
    SHARES
  • कोरोना भाइरसः भारतमा शव जलाउने ठाउँको अभावमा सडकमै दाहसंस्कार

    राँची । भारतको झारखण्ड प्रदेशको राजधानी सहर राँचीमा कोरोना भाइरसबाट भएको मृत्युले अहिलेसम्मको सबै रेकर्ड तोडेको छ । त्यहाँ १० दिनमा घाट तथा समाधिस्थलहरुमा अचानक शव आउने क्रम बढेपछि दाहसंस्कार गर्ने ठाउँको अभाव भएको छ ।

    images

    आइतबार त्यहाँ ६० शवको अन्तिम संस्कार भएको छ । तीमध्ये कोरोना संक्रमितको १२ शव घाघरामा सामूहिक चितामा अन्त्येष्टी गरिएको छ । यसबाहेक ३५ शव पाँच वटा घाटमा जलाइएको छ र बाँकी १३ शव रातू रोड र कान्टाटोली समाधिस्थलमा गाडिएको छ । 

    मृतकको संख्या धेरै भएपछि मुक्तिधाममा जलाउने स्थानको अभाव भयो । मानिसहरुले शव जलाउनका लागि घण्टौं पर्खिँदा पनि ठाउँ नपाएपछि मानिसहरुले रोडमै दाहसंस्कार गरे । स्थानको अभावमा मुक्तिधामनजिकै रहेको सडकमा सवारी पार्किङ गर्ने स्थानमा शव जलाइएको हो । 

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology