Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पशुपतिनाथमा महाशिवरात्रिको तयारी पूरा

पशुपतिनाथमा महाशिवरात्रिको तयारी पूरा

  • 563
    SHARES
  • पशुपतिनाथमा महाशिवरात्रिको तयारी पूरा

    काठमाडौं । महाशिवरात्रिका लागि पशुपतिनाथको पाशुपत क्षेत्रमा आगामी मंगलबार हुने महाशिवरात्रि पर्वको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

    पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढंगले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।

    कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोरोना भाइरस जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गरेका छन् ।

    गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क, जयवागेश्वरी, इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली, गौशाला, एयरपोर्ट, पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।

    मंगलबारका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पो लगायत सवारी साधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामंगल भन्दा अगाडि सञ्चालनमा रोक लागाइएको जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij