Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पृथ्वी राजमार्गमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

पृथ्वी राजमार्गमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

  • चैत्र ३०, २०७७ सोमवार १८:१७ बजे
  • 809
    SHARES
  • पृथ्वी राजमार्गमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका-६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् । 

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij