Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

  • 498
    SHARES
  • कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

    धनगढी । एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन बन्द रहेका छन् ।

    तर, हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् ।

    मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय (कलेज) बजार व्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी चल्न दिने बताएका छन् ।

    देशका विभिन्न स्थानबाट आइतबार छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको बन्द कर्ताले बताएका हुन् । त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाइकल सुचारु छन् भने केही निजी ठूलासवारी समेत सञ्चालन भइरहेका छन् ।

    मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij