Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

  • चैत्र ३१, २०७७ मंगलवार ०८:१७ बजे
  • 434
    SHARES
  • कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढिरहेका बेला सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ ।

    images

    मन्त्रिपरिषद्‌‌को सोमबारको बैठकले स्वीकृत गरेको नयाँ स्वास्थ्य मापदण्ड मंगलबार सार्वजनिक गरिने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    सोमबारको बैठकमा मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो ।

    स्वास्थ्यविज्ञहरुका अनुसार पछिल्लो पटक कम उमेर समूहमा पनि कोरोना भाइरसको संक्रमण देखा पर्न थालेको छ । 

    स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको थियो । तर सोमबारको बैठकले यसबारे कुनै निर्णय गरेन । 

    नेपालमा फेरि लकडाउन हुन सक्ने आँकलनसमेत भइरहेका बेला सरकारको पछिल्लो निर्णय (कुनै पनि क्षेत्र बन्द नगर्ने) ले तत्कालका लागि लकडाउनको भय हटेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology