Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतका अस्पतालमा अक्सिजन अभाव, अक्सिजन नपाएर ५ बिरामीको मृत्यु

भारतका अस्पतालमा अक्सिजन अभाव, अक्सिजन नपाएर ५ बिरामीको मृत्यु

  • चैत्र ३१, २०७७ मंगलवार ११:१६ बजे
  • 1.3K
    SHARES
  • भारतका अस्पतालमा अक्सिजन अभाव, अक्सिजन नपाएर ५ बिरामीको मृत्यु

    काठमाडौं । सरकारले प्रदेशमा अक्सिजन पर्याप्त नभएको बताएको भोलीपल्ट नै मध्यप्रदेशको भोपालमा अक्सिजन नपाएर पाँच जनाको मृत्यु भएको छ । भोपालका २० भन्दा धेरै अस्पतालमा अक्सिजन अभाव भएपछि बिरामी तथा परिवारजनमा त्रास फैलिएको छ । 

    images

    एमपी नगर सिटी अस्पतालमा अक्सिजन अभाव हुँदा सोमबार चार जना बिरामीको मृत्यु भएको छ । अस्पतालका सञ्चालक डा सब्यसाची गुप्ताका अनुसार धेरै ठाउँमा फोन गरेर अक्सिजन जुटाउँदासम्म ती बिरामीको मृत्यु भइसकेको थियो ।

    यस्तै करोन्टको पिजिबिएम अस्पतालमा अक्सिजन सकिएपछि भर्ना भएका एक महिलालाई डिस्चार्ज गरिएको थियो । त्यहाँबाट अर्को अस्पताल पुर्याउँदासम्म ती महिलाको मृत्यु भयो । ह्मिदियानजिकैको एभिसेना अस्पतालले पनि अक्सिजन अभाव भएपछि तीन जना कोरोना संक्रमित बिरामीलाई अन्य अस्पताल लैजान आग्रह गर्दै डिस्चार्ज गरिदिएको थियो । 

    सोमबार आपूर्तिकर्ताहरूले अचानक अस्पतालहरूलाई अक्सिजनको कमी भएको कुरा बताए र गोविन्दपुरा स्थित प्लान्टमा सिलिन्डरसहित एम्बुलेन्स पठाए ।

    चिरायु एयर उत्पादनमा तरल अक्सिजनको आपूर्ति दिउँसो ईनोक्सबाट हुन सकेन । त्यसैले जम्बो सिलिन्डर लिएर पुगेका धेरै आपूर्तिकर्तालाई रित्तै फर्कायो । इनोक्समा तरल अक्सिजनकाे ट्यांकर नपुगेपछि सहरपछि अक्सिजन अभावले हंगामा मच्चिएकाे थियाे । मृतकका परिवारले अक्सिजन अभाव भएकाे जानकारी समयमा नदिएकाे आरोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology