Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोना संक्रमणको नयाँ मापदण्डबारे जनताका नाममा उपप्रधानमन्त्री ईश्वर पोखरलले आज अपिल गर्ने 

कोरोना संक्रमणको नयाँ मापदण्डबारे जनताका नाममा उपप्रधानमन्त्री ईश्वर पोखरलले आज अपिल गर्ने 

  • चैत्र ३१, २०७७ मंगलवार ११:२८ बजे
  • 831
    SHARES
  • कोरोना संक्रमणको नयाँ मापदण्डबारे जनताका नाममा उपप्रधानमन्त्री ईश्वर पोखरलले आज अपिल गर्ने 

    काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि जारी गरेको नयाँ मापदण्ड अपनाउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज दिउँसो जनतासमक्ष अपिल गर्ने भएका छन् । 

    images

    संक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सावधानी र सुधार गर्नुपर्ने व्यवहारका बारेमा पोखरेलले सरकारका तर्फबाट जनतालाई अपिल गर्ने कार्यक्रम तय भएको हो । 

    कोरोना संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) का संयोजक समेत रहेका पोखरेलले पछिल्लो समय नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो लहरबाट कसरी सुरक्षित रहने भन्ने विषयमा  सञ्चार माध्यमबाट जनतालाई अपिल गर्ने भएका हुन् ।  

    सोमबार (हिजो) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसी संयोजक पोखरेलले जनतालाई अपिल गर्ने निर्णय गरेको हो । 

    पोखरेलका साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि जनतालाई संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने नियम र अपनाउनुपर्ने मापदण्डका विषयमा संयुक्तरुपमा अपिल गर्ने कार्यक्रम तय भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नगरिने निर्णय समेत गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology