Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

  • चैत्र ३१, २०७७ मंगलवार १२:०२ बजे
  • 424
    SHARES
  • नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बुधबार बिहान १० बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

    ‘सम्बोधनमा नयाँ वर्षको अवसरमा जनतालाई शुभकामना व्यक्त गर्नुहुने र देशमा शान्ति र समृद्धिको कामना व्यक्त गर्न प्रधानमन्त्रीज्यूको सो कार्यक्रम राखिएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।

    देशबासीलाई सम्बोधन गर्दै सत्तारुढ नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशमा हाल देखिएको राजनीतिक उल्झन र आगामी निकासबारे पनि देशबासीलाई अवगत गराउने कार्यक्रम तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology