वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।
श्रेष्ठले एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका थिए ।
एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवसँग श्रेष्ठकाे याे भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ एमसीसीको विपक्षमा रहेका राजनीतिक पार्टीलाई एकढिक्का बनाएर आन्दोलन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij