Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जाजरकोटमा ६७ रोपनीमा लगाइएकाे अफिम खेती नष्ट

जाजरकोटमा ६७ रोपनीमा लगाइएकाे अफिम खेती नष्ट

  • चैत्र ३१, २०७७ मंगलवार १३:२४ बजे
  • 948
    SHARES
  • जाजरकोटमा ६७ रोपनीमा लगाइएकाे अफिम खेती नष्ट

    जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ ।

    नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

    जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।

    ‘घरेलु मदिरा नियन्त्रण, गाँजाखेती नष्ट, जुवातास नियन्त्रण तथा न्याय र शान्ति सुरक्षामा नकारात्मक असर पार्ने सबै प्रकारका गतिविधिविरुद्ध प्रहरी आक्रामकरूपमा लागेको छ’, उनले भने । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मद्दत गर्ने उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # जाजरकोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij