Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

वैद्य नेतृत्वको माओवादीले संगठन विस्तार र संघर्षसम्बन्धी दुई महिने अभियान चलाउने

वैद्य नेतृत्वको माओवादीले संगठन विस्तार र संघर्षसम्बन्धी दुई महिने अभियान चलाउने

  • चैत्र ३१, २०७७ मंगलवार १२:४८ बजे
  • 649
    SHARES
  • वैद्य नेतृत्वको माओवादीले संगठन विस्तार र संघर्षसम्बन्धी दुई महिने अभियान चलाउने

    काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संगठन विस्तार तथा संघर्षसम्बन्धी दुई महिने अभियान चलाउने भएको छ । यही शुक्रबार र शनिबार बसेको पोलिटव्युरो बैठकले आगामी वैशाख र जेठ महिनामा दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images

    बैठकमा सहभागीहरूले संगठन तथा संघर्षसम्बन्धी कामको समीक्षा र आगामी कामबारे बिफ्रिङ गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    ‘पार्टीको गतिविधिलाई जनतामुखी बनाई पार्टीका सैद्धान्तिक रणनीतिलाई थप सशक्त बनाउन अभियान चलाउन लागिएको हो,’ ती नेताले भने । वर्तमान राजनीतिक व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    सो बैठकले सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । साथै राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविकाका समस्याको समाधान, महँगी लगायतका मुद्दा उठाएर उपत्यकाव्यापी तथा जिल्लाकेन्द्रित संघर्षका कार्यक्रम गर्ने निर्णय क्रान्तिकारी माओवादीले गरेको छ । 

    पार्टीका महासचिव किरणद्वारा जारी विज्ञप्तिमा संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुबाट संघर्षका कार्यक्रम सञ्चालनका लागि पहल गर्ने उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # मोहन वैद्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology