वेबटिभी खबर
दाङ । घोराही-धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही-१५ का १८ वर्षीय अजय चौधरी रहेका छन् ।
धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
ठक्कर पछि शंकास्पद मोटरसाकइल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij