वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले आगामी वर्षको असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij