वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस रसुवाले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत फागुन ३ गते बिद्युत सर्ट भई आगलागी हुँदा घरबारबिहीन भएका गोसाईकुण्ड गाउँपालिका ६ नागुङका पेमा छोवाङ तितुङको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
बुधबार नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ र धुन्चे इकाई सभापति लामा रेन्जेन घलेले पिडितलाई भेटी १ लाख २० हजार २ सय रुपैयाँ नगद सहित लत्ताकपडा प्रदान गरेका छन् ।
घरबारबिहीन भएका पिडित परिवारको पिडामा मलम लगाउन थोरै भएपनि राहात स्वरुप नगद सहित लत्ताकपडा सहयोग गरेको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए ।
गत फागुन ३ गते बिहान तीन बजे बिद्युत सर्ट हुदाँ पिडित तितुङको ढुंगा, काठ र जस्ताले बनेको दुई कोठे घर जलेर नष्ट भएको थियो ।
घरमा भएको नगद ५ लाख सहित सुन, खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको थियो । घर जलेर नष्ट भएपछि ६ जनाको तितुङ परिवार टेन्टमा बस्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij