Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एफए कपः चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

एफए कपः चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

  • फाल्गुण १९, २०७८ बिहिवार ०८:३२ बजे
  • 466
    SHARES
  • एफए कपः चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

    काठमाडौं । चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३–२ को जितसहित अन्तिम आठ  पक्का गरेको हो । 

    खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए ।

    दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।  पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए । 

    त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । यस जितपछि थोमस टुचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ । 

    आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११–१० ले पराजित भएपछि चेल्सी इङ्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो । क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले  लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।

    त्यस्तै नर्विच सिटीमाथि २–१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो ।  ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

    ७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने  संकेत गरे पनि त्यो पर्याप्त भएन ।  साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३–१ ले हरायो ।

  • सम्बन्धित विषय:

  • # चेल्सी
  • # लिभरपुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij