Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

  • 705
    SHARES
  • बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

    नेपालगञ्ज । नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान देखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।

    उनका अनुसार निर्वाचनमा १ हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।

    सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार/चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रहेका छन् ।

    पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij