Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सिन्चियाङको सेतो कपासलाई कालो बनाउने अमेरिकी प्रयास

सिन्चियाङको सेतो कपासलाई कालो बनाउने अमेरिकी प्रयास

  • चैत्र ३१, २०७७ मंगलवार १५:३४ बजे
  • 810
    SHARES
  • सिन्चियाङको सेतो कपासलाई कालो बनाउने अमेरिकी प्रयास

    चीनको उत्तर पश्चिममा पर्ने सिन्चियाङ युगुर स्वायत्त प्रदेशको आम्दानीका मुख्य स्रोतहरूमध्ये कपास खेती एउटा हो ।  युगुर जातिको आम्दानीलाई रोक्नका लागि सिन्चियाङको कपासलाई अमेरिका तथा पश्चिमा जगतले यतिबेला प्रतिबन्ध लगाएको छ । दुई वर्ष अगाडि देखि नै अमेरिका र पश्चिमी सञ्चार माध्यमले आफ्नो सम्पूर्ण शक्ति चीनको सिन्चियाङको कपास उद्योगलाई कसरी तहसनहस बनाउने भन्ने कार्यमा केन्द्रित गरेका छन् ।

    images

    सन् १९९० को दशकमा सीएनएन र बीबीसीले अल्बानियालीहरूका विरूद्ध सर्बियालीको ‘नरसंहार’ मच्चाएका थिए । यी नै सञ्चार माध्यमले सन् २००३ मा इराकले सामूहिक विनाशकारी हतियारहरू राखेको छ भनेर अफवाह फैलाउने काम गरेका थिए । अमेरिका र पश्चिमा सञ्चार जगतको मिलेमतोमा हुने गरेका यस्तै अफवाहको नयाँ शृङ्खलाका रूपमा चीनको सिन्चियाङको कपास उद्योगलाई लक्षित गरिएको छ ।

    सिन्चियाङको कपासको बारेमा अफवाह फैलाउने उनीहरूको मुख्य उद्देश्य गैरसरकारी संस्थाहरूलाई चीनको कपडा उद्योगको ट्रेड चेनलाई अवरोध पुर्‍याउनु हो । उदाहरणका लागि बीसीआई (बेटर कटन इनिसिएटिभ) संघले ‘जबरजस्ती श्रम’ को अफवाह प्रयोग गरिरहेको छ । अनि यही बहानामा संघमा आवद्ध रहेका विभिन्न उद्यमहरूले सिन्चियाङको कपासलाई बहिष्कार गर्न थालेका हुन् ।

    स्विजरल्याण्डमा रहेको बीसीआई आवरणमा गैर-सरकारी संस्था भए पनि यसको मुख्य प्रायोजक अमेरिका हो । स्विडेनी फैशन पोशाक मार्का एचएण्डएम समूहको सिन्चियाङबाट उत्पादित कपास प्रयोग नगर्ने विषयले उसलाई नै बढी बेफाइदा छ । एचएण्डएमले सन् २०२० मा मात्र चीनमा ७ अर्ब ३६ करोड चिनियाँ युआनको बिक्री गरेको छ । चीन उसको विश्वव्यापी चौथो ठूलो बजार हो ।

    आवश्यक कपास सिनच्याङबाट लिने छैन । एचएण्डएम, नाइके, एडिडास आदि यसका सदस्य हुन् । यो एक्काईसौँ शताब्दी हो । आधुनिक युगमा प्राय काम मान्छेका हातले होइन औजारले गर्दछ । सिन्चियाङमा कपास टिप्ने काम पनि अधिकांश क्षेत्रमा मिसिनले गरिरहेको छ ।

    उन्नाईसौँ शताब्दीसम्म कपास उद्योगमा कसरी मान्छेलाई जबर्जस्ती श्रममा लगाइन्थ्यो भन्ने कुराको सबैभन्दा राम्रो अनुभव अमेरिकासँग छ । तसर्थ अहिले पनि अमेरिका आफूले गरेको कुकर्म जस्तै कल्पना सिन्चियाङमा होला भनेर अफवाह फैलाउन तल्लिन छ ।

    सन् २०२० मा सिन्चियाङको कपास उत्पादन समग्र चिनियाँ कपासको उत्पादनमा ८७.३ प्रतिशत पुगेको छ । यो निरन्तर २६ वर्षदेखि चीनको पहिलो स्थानमा रहेको छ ।

    सिनच्याङ कृषि विभागबाट प्रकाशित सन् २०२० को तथ्यांकअनुसार, सिनच्याङको कपास टिप्ने क्षेत्रमा औजार दर ६९.८३ प्रतिशत पुगेको छ । त्यसमध्ये उत्तरी सिनच्याङमा ९५ प्रतिशत कपास मेशिनबाट टिपिन्छ । उच्च उत्पादनपछाडि तथाकथित जबरजस्ती श्रम होइन, उच्च विज्ञान-प्रविधि र उच्च यान्त्रिकीकरण हो ।

    सिन्चियाङमा युगुर अल्पसङ्ख्यक मुसलमान समुदायको बाहुल्य छ । क्षेत्रफलका हिसाबले यो चीनकै सबैभन्दा ठूलो प्रान्त हो जहाँ विभिन्न ४५ जातिका मानिसहरू बसोबास गर्दछन् । अमेरिकाले यस प्रान्तलाई अस्थिर बनाउका लागि विभिन्न जालझेल र षढयन्त्र गर्दै आएको छ ।

    अमेरिकी षडयन्त्रका बावजुद चीनले सिन्चियाङ प्रान्तमा यथेष्ट विकास गरेको छ र पूर्ण रूपमा गरिबी निवारण गर्न सफल भएको छ । विगत पाँच वर्षदेखि सिन्चियाङमा कुनै पनि हत्या हिंसा र उदण्ड गतिविधि भएका छैन । यसको पछाडि त्यहाँको कपास खेती पनि एक हो । तसर्थ अमेरिकाले केही उपाय नलागेर कपास खेतीमार्फत चीन र सिन्चियाङमाथि हिलो छ्याप्ने प्रयत्न गरिरहेको छ ।

    सिन्चियाङकै कपास उद्योगमाथि अमेरिकाले किन आक्रमण गर्न चाह्यो र जबर्जस्ती श्रममा लगाइएको आरोप किन लगायो भन्ने बारेमा अमेरिकाको पृष्ठभूमि र अनुभवका बारेमा थाहा पाउन आवश्यक छ ।

    अमेरिकामा उत्पादन हुने सेतो कपासमा कसरी श्रमिकको रगत लतपतिएको हुन्थ्यो भन्ने इतिहासका बारेमा केही तथ्यहरु यस प्रकार छन् । १८ औँ र १९ औँ शताब्दीसम्म कपास उद्योग अमेरिका अमेरिकामा पूँजी संकलनका मुख्य स्रोतहरू मध्ये एक थियो। अमेरिकालाई त्यो समयमा ‘कपासको साम्राज्य’ पनि भनिन्थ्यो । अमेरिकाका लागि कपास आर्थिक शक्ति मात्र नभई राजनीतिक शक्ति पनि रहेको थियो । कपास त्यसबेलाको गृहयुद्धको सुरूवात भएको एउटा कारक मानिन्छ ।

    सन् १७९३ मा ह्विटनीले कपास जिनको आविष्कार गर्नुभन्दा पहिले अमेरिकामा कपास उत्पादनको स्तर अत्यन्त कम थियो र अर्थव्यवस्थामा यसको खासै महत्त्व पनि थिएन । वृक्षारोपण प्रणाली मुख्यतया सुर्तिजन्य, धान र इण्डिगोमा आधारित थियो ।

    कपडा उद्योगमा कपासको स्थिति सबैलाई थाहा छ तर यसको समस्या भनेको प्राविधिक कठिनाइहरू हुन् । समय र श्रमको बचत विधिको अभावमा कपासको बिउहरू फाइबरबाट छुट्याउन निकै कठिन हुन्छ । किनभने कपासको ऊनले कपासको बीउलाई लपेटेको हुन्छ । जसले गर्दा कपास संकलन गर्न निकै कठिन हुन्छ ।

    सन १७०० मा उत्तर अमेरिकी उपनिवेशहरूले बेलायतबाट दुई हजार टन कपास निर्यात गर्दथे । ह्विटनी शिल्पकारहरूको परिवारबाट आएका थिए । उनले जर्जियामा कटन जिनको आविष्कार गरे । वास्प इञ्जिन थपिएमा कपासको बीउ र कटन संकलन गर्ने दक्षतामा २५ देखि १०० गुणासम्म बढाउन सकिन्छ ।

    ह्विटनीले आविष्कार गरेको प्रविधि लोकप्रिय भयो तर अनधिकृत रुपमा अन्यले यो प्रविधि प्रयोग गर्न थाले फलस्वरुप उनले न्युन रुपमा मात्र आर्थिक लाभ प्राप्त गरे ।  कपास जिनहरूको लोकप्रियताका साथ अमेरिकामा ठूलो मात्रामा कपास उद्योगको जन्म भयो ।

    कपास खेती गर्ने उद्योग अमेरिकाका दक्षिण क्यारोलिना, उत्तरी क्यारोलिना, जर्जिया र भर्जिनिया लगायतका राज्यमा ठूलो मात्रामा विस्तार भयो र चाँडै पश्चिम तिर फैलियो । पछि गएर टेक्सास र एरिजोना कपास उत्पादन गर्ने प्रमुख क्षेत्र भए । उत्पादनका हिसाबले सन् १७९० देखि १८६० सम्म हजार गुणा वृद्धि भयो । सन् १९२६ सम्म अमेरिकामा कपास रोप्ने क्षेत्र ४ करोड ४६ लाख ८० हजार एकड पुगेको थियो ।

    अमेरिकाको दक्षिण क्षेत्रको कपास अर्थतन्त्र, राजनीति, संस्कृति र जीवनको केन्द्र बन्न पुग्यो । ‘कटन किङ’ एक उपनाम मात्र होइन, यसले शक्ति र पैसाको पनि प्रतिनिधित्व गर्न थाल्यो । विस्तारित कपास उद्योगमा काम गर्नका लागि अमेरिकाले थुप्रै भारतीय श्रमिकको हत्या गर्‍यो ।

    अफ्रिकाबाट अमेरिकामा लगिएका दासहरूको मुख्य काम नै कि त कपास उद्योगमा हुन्थ्यो कि खानी उद्योगमा । ती दासको मूल्य कपासको मूल्यसँग जोडिएको छ । सन् १८०० मा अमेरिकामा काला दासको मूल्य ३०० अमेरिकी डलर थियो र १८६० सम्ममा यो १५०० अमेरिकी डलर पुग्यो । भनेजति कपास उठाउन नस्कने दासहरूको हात र खुट्टा काटेर सजाय दिनु अमेरिकीहरूका लागि सामान्य थियो ।

    काटिएको ठाउँमा नुनखुर्सानी लगाउँथे अमेरिकीहरू । सजायस्वरुप ती दासहरूलाई कोर्रा हान्दा हान्दै मारिन्थ्यो । कमजोर र रोगी दासहरूलाई सिकारी कुकुर लगाएर मारिन्थ्यो । गोरा अमेरिकीहरू त्यस्तो दृश्य हेरेर मनोरञ्जन लिन्थे । दासले कुनै गल्ती अथवा अपराध गरे भने उनीहरूको आँखा फुटाइ दिने, कान काटिदिने, करुङ भाँचिदिने अथवा बलिरहेको आगोमा हालेर बिस्तारै जलाउने काम गरिन्थ्यो ।

    बधुँवा श्रमिकका रूपमा झिसमिसे उज्यालोदेखि साँझसम्म काममा लगाइएका दासहरू भाग्लान् भनेर खुट्टामा मोटा फलामका चेन लगाइएको हुन्थ्यो । यस्तै नियम फ्रान्सका अङ्गुर खेतीमा लागु गरिएको थियो । दासहरूले अङ्गुर खालान् भन्ठानेर उनीहरुको अगाडिको दाँत फुकालेर काममा लगाइन्थ्यो । उनीहरू काम गर्ने क्षेत्रबाट भागे भने पनि अगाडिको दाँत फुकालिएकाले सजिलै चिनिन्थे र फेरि दासका रुपमा बन्दी बनाइन्थे । फ्रान्समा यस्तो चलन दोस्रो विश्व युद्धसम्म सञ्चालनमा थियो ।

    अमेरिकी कपास खेतीमा हुने यी सामान्य घटनाहरू थिए । अमेरिकी शासकहरूले एक सय वर्षभन्दा बढी समयदेखि डरलाग्दो‘जबर्जस्ती श्रम’ तरिका मार्फत कपास खेतीबाट धन, सम्मान र शक्ति कमाएका छन् । अमेरिकामा कपासका खेतहरूमा अझै पनि दासका अवशेषहरू रहेका छन् । मिसिसिपी राज्यले सन् २०१३ सम्म दासत्व समाप्त गर्न मतदान प्रक्रिया पूरा गरेन । यसको अर्थ के हो भने २१ औं शताब्दीपछि पनि अमेरिकामा कानुनी दासहरू छन् ।

    आज, नाइकेले प्रतिनिधित्व गरेको ठूला अमेरिकी कपडा र फुटवेयर कम्पनीहरूले अमेरिकामा केवल ब्रान्ड प्रमोशन र स्टाइल डिजाइन विभागहरू राखेको छ  । यसले आफ्नो ब्रान्डलाई लोकप्रिय बनाउनका लागि धेरै पैसा लगानी गर्छन् र ठूलो संख्यामा फाउन्ड्रीहरू विदेशमा स्थापना गरेका छन् । ती फाउन्ड्रीहरूमा कुनै अपवाद बिना ‘पसिनाका पसल’ हुन् जहाँ हरेक दिन श्रम गर्न बाध्य पारिन्छ। उदाहरणका लागि, फिलिपिन्स, बंगलादेश र कम्बोडियामा नाइकेका केही कारखानालाई लिन सकिन्छ ।

    तिनीहरू ‘एउटा देश भित्रका अन्य देशहरू’ हुन् किनभने त्यहाँ सशस्त्र रक्षकहरूसँग उनीहरूको आफ्नै ‘कानुन’ छन् । उनीहरूले महिला कामदारहरूलाई दुर्व्यवहार र यौन हिंसा समेत गर्छन् । यद्यपि स्थानीय प्रहरीले रिपोर्ट प्राप्त गरे पनि तिनीहरू नाइके प्लान्ट सुपरवाइजरको अनुमति बिना प्रवेश गर्न पाउँदैनन् ।

    सन् २०२१ मा नाइके र सन्‌ १८२१ मा अमेरिकाको दक्षिणी भागका कपास बगैंचा बीच जबरजस्ती श्रमको खासै भिन्नता छैन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उद्योगलाई अमेरिकामा फर्काउन चाहेका थिए र अमेरिकीहरूलाई दीर्घकालीन रोजगारी दिन चाहन्थे । तर कुनै ठूला कम्पनीहरू अमेरिका फर्किएनन् किन थाहा छ ? यदि नाइकेले अमेरिकामा एउटा कारखाना खडा गरेमा स्निकर सिलाउन धेरै संख्यामा अमेरिकीहरू भर्ती हुने थिए र कम्पनीले अमेरिकामा प्रति घण्टा ज्याला, व्यवस्थापन लागत र श्रम कानुनका आधारमा पैसा तिर्दा कम्पनी टाट पर्ने निश्चित थियो ।

    अमेरिकाले पहिले आफूले जस्तै क्रुर र अमानवीय तरिकाले कपास खेती चीनले गरेको सोचिरहेको छ । तर वास्तविकता त्यस्तो छैन । चीनले अत्याधुनिक प्रविधि प्रयोग गरेर कपासको खेती गरिरहेको छ । चिनियाँ कपास अमेरिकी कपास जस्तो रगतमा लतपतिएको छैन भन्ने कुरा अमेरिकाले थाहा पाउनुपर्छ ।

    गत मार्च २६ तारिख बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छनु यिङले एउटा भिडियो देखाइन् । उक्त भिडियोमा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पोवेलको कार्यालयका प्रमुख, स्थल सेनाका कर्नेल लरेन्स विकर्सनले निर्देशन दिँदै थिए । उनी भिडियोमा भन्दै थिए ‘अफगानिस्तानमा अमेरिकी सेना तैनाथ गर्ने उद्देश्य अफगानिस्तानको पुनस्निर्माणका लागि सहायता पुर्‍याउनु होइन, तालिवान अथवा अरु आतंककारी संगठनमाथि आक्रमण गर्नु पनि होइन । चीनको सिन्चियाङमा करोडभन्दा बढी युगुरबासीहरु छन् र उनीहरुलाई उकासेर चीनको स्थिरतालाई विथोल्नका लागि सबैभन्दा उपयोगी उपाय सिन्चियाङमा उथलपुथल परिस्थिति बनाउनु हो ।’

    अमेरिकाले सिन्चियाङलाई कसरी अस्थिर बनाउने प्रयास गर्दैछ र चीनको विकासलाई रोक्न खोज्दैछ भन्ने कुराको पुष्टि यस तथ्यबाट पनि स्पष्ट हुन्छ ।

  • सम्बन्धित विषय:

  • # चेतनाथ आचार्य
  • # कपास

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology