Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कमलपोखरी पुनर्निर्माण चाँडो सम्पन्न गर्न मेयरको निर्देशन

कमलपोखरी पुनर्निर्माण चाँडो सम्पन्न गर्न मेयरको निर्देशन

  • चैत्र ३१, २०७७ मंगलवार १७:२१ बजे
  • 1.0K
    SHARES
  • कमलपोखरी पुनर्निर्माण चाँडो सम्पन्न गर्न मेयरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माण चाँडै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

    वडा-१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतका साथ पुनर्निर्माणको क्रममा रहेको कमलपोखरीको स्थलगत निरीक्षण गर्दै मेयर शाक्यले निर्माण कम्पनीलाई उक्त निर्देशन दिएका हुन् । 

    निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कँडेल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्दै पटक-पटक सयमसीमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पारे ।

    ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्योअनुसार भइरहेको छैन,’ शाक्यले भने, ‘पटक-पटक समय थप गर्ने र काममा ढिलासुस्ती नगर्नुस् । पुनर्निर्माणको काम चाँडै सम्पन्न गर्नुहोस् ।’ 

    प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सिटौलाले चैत अन्तिम सातामै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण बिदा बसेकाले केही दिन ढिलाइ हुन पुगेको बताए । 

  • सम्बन्धित विषय:

  • # कमलपोखरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij