Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

असारसम्म नेपालमा कोरोना संक्रमित छ लाख पुग्ने प्रक्षेपण

असारसम्म नेपालमा कोरोना संक्रमित छ लाख पुग्ने प्रक्षेपण

  • चैत्र ३१, २०७७ मंगलवार १७:०५ बजे
  • 856
    SHARES
  • असारसम्म नेपालमा कोरोना संक्रमित छ लाख पुग्ने प्रक्षेपण

    काठमाडौं । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले अहिलेको अवस्थामा संक्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । ‘अहिले संक्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको छ’ उनले भने । 

    images

    उनले संक्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । 

    मन्त्री त्रिपाठीले संक्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा संक्रमणसारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा संक्रमण सार्न सक्ने बताए । उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए । 

    भारतमा संक्रमण बढेकाले खोप आउन ढिलाइ

    मन्त्री त्रिपाठीले भारतमा संक्रमण ह्वात्तै बढेकाले कोभिड–१९ को खोप आउन ढिलाइ भएको जानकारी दिए ।

    ‘खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले बिना लगानी १० प्रतिशत कमिशन मागेपछि २५ दिन ढिला भयो’, उनले भने, ‘तर सम्झौता हुने बेला भारतमा संक्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन ।’ उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने जानकारी पनि दिए । 

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology