Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

‘विद्यार्थीको क्षमता बढाउन जरुरी छ’

‘विद्यार्थीको क्षमता बढाउन जरुरी छ’

  • 499
    SHARES
  • ‘विद्यार्थीको क्षमता बढाउन जरुरी छ’

    काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरूरी रहेको बताएका छन् ।

    images

    उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका छन् । 

    ‘तपाईं शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस्  । उनीहरूको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ’, उनले भने ।

    उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए । उनले, ‘विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक हुनुपर्छ अनिमात्र क्षमतावान् जनशक्ति उत्पादन हुन्छ ।’

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology