वेबटिभी खबर
इन्डोनेसिया । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ ।पपुपाका पृथकतावादीहरूले उनीहरूको हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
मारिएकाहरू प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरूले आक्रमण गरेको जनाइएको छ । सरकारी अधिकारीहरूले खराब मौसमका कारण उनीहरूलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।
हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरू पुग्न कठिन भएको बताइएको छ ।
‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकूल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरूलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भने । आफूहरूले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरूको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij