Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पुटिनको चेतावनी–थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

पुटिनको चेतावनी–थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

  • फाल्गुण २०, २०७८ शुक्रवार १९:३६ बजे
  • 421
    SHARES
  • पुटिनको चेतावनी–थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

    एजेन्सी । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।  उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । 

    यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।

    सम्बोधनमा पुटिलले दाबी गरे, ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 

    उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए । 

  • सम्बन्धित विषय:

  • # भ्लादमिर पुटिन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij