Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

  • 434
    SHARES
  • ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    दमक । पूर्वपश्चिम राजमार्गको दमक-४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको मृत्यु गएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार शुक्रबार राति रोकिराखेको ट्रकमा तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।

    ताराबारीस्थित पेट्रोल पम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij