Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

  • फाल्गुण २२, २०७८ आइतवार ०८:२० बजे
  • 688
    SHARES
  • ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

    बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । २०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । 

    images

    उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ(एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए ।

    यसभन्दा सोलार सेटमार्फत् टावर सञ्चालनमा थियो । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो । अब भने विद्युत जडान भएसँगै समस्या हटेको छ ।

    बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरि आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ । 

    फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका–९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए । 

    समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाईंमा अवस्थित पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका–८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ । 

    अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङ देखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भूभागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका(९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए । 

    फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकावासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology