वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अंकले ओरालो लागेर २ हजार ५ सय ४३ दशमलव ३९ बिन्दुमा पुगेको छ ।
यस्तै आज ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अंकले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने ९ उपसमूहको भने ओरालो लागेको छ । बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अंकले उकालो लागेका छन् ।
व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अंकले ओरालो लागेको छ ।
आइतबारको कारोबार पछि बजार पूँजीकरण ३६ खर्ब ४ अर्ब २ करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो ।
यस दिन मैलुङ खोला जलविद्युत् कम्पनी ७.८०, सामलिङ पावर कम्पनी ४.४८, नेपाल ल्यूब आयल ३.९९, न्यादी हाइड्रोपावर २.७४ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् ।
यस्तै, शिवम् सिमेन्ट ७.११, रिलायन्स लाइफ इन्स्योरेन्स ५.७७, प्रुडेन्सियल इन्स्योरेन्स ४.०५, युनिभर्सल पावर कम्पनी ३.८१ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij