Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा ट्रस पुल निर्माण

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा ट्रस पुल निर्माण

  • 626
    SHARES
  • लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा ट्रस पुल निर्माण

    म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका-१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरेका छन् ।

    images

    पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए । यसअघि त्यस ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो ।

    गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो । पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन् ।

    टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । धौलागिरि गाउँपालिकामा गत वर्ष सुरुभएका ४ वटा स्टिल ट्रस र ३ वटा झोलुङ्गे पुलमध्ये ५ वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताए ।

    वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो । वडा नम्बर ४ नाउराको कोपिलाघाटमा ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए ।

    गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ । मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology