वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लाको अधिवेशन स्थगित भएको छ । अधिवेशनका लागि सोमबार बिहान ९ बजेदेखि मतदान हुने कार्यतालिका रहेपनि विभिन्न कारण अधिवेशन स्थगित भएको छ । विवाद समाधान नभएपछि मतदान नै अनिश्चितकालका लागि स्थगित भएको हो ।
मतपत्रमा उम्मेदवारको नाम राख्ने, इच्छाएको व्यक्तिले मत हाल्ने, उस्तै प्रकृतिको मतपत्र बाहिरिएको जस्ता विषयमा विवाद चुलिएपछि मतदान प्रक्रियालाई स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृतले अर्को सूचना नभएसम्मका लागि मतदान स्थगित गरिएको सूचना टाँस गरिसकेका छन् । उम्मेदवारका एक पक्षले मतदान स्थलतमा मोवाइल लैजान पाउनु पर्ने माग पनि राखेका थिए । रातारात भोट किनबेच भएको हल्ला चलेका बेला मोवाइल लैजान पाउनु पर्ने माग राख्दा विवाद बढेको हो ।
विभिन्न ५ कारणसहित मतदान स्थगित भएको सूचना टाँस गरेको मतदाता राजु राईले वेबटिभी खबरलाई जानकारी दिए । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह र संस्थापनइतर पक्षबाट लक्ष्मण रायले उम्मेदवारी दर्ता गराएका छन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij