Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौंमा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु

काठमाडौंमा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु

  • 472
    SHARES
  • काठमाडौंमा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु

    काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका-६ स्थित एक घरमा सामूहिक विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरेका हुन् ।

    महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरका अनुसार उनीहरू मध्य एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् । अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

    ‘सोमबार विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।

    अचेत अवस्थामा रहेकाहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।

    काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका-६ रामकोटमा डेरागरी बस्दै आएका थिए । उनीहरूको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

    सुसाइट नोटमा आर्थिक अवस्था बिग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । ‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij