वेबटिभी खबर
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युक्रेन माथि रुसले गरेको आक्रमणमा महिला र बालबालिकाहरूको व्यापक मानवअधिकार उल्लंघन भएकाे बिरोधमा प्रदर्शन गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रूपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको हो ।
प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको बताए ।
मंगलबार बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रूपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरूको सहभागिता रहेको थियो ।
यस्तै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शान्ति समाज काठमाण्डौं शाखाको आयोजनामा ‘रुस युक्रेन युद्ध : महिला र बालबालिका संकटमा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij